बेहुलाले दाइजोमा आएको पौने १८ लाख अस्विकार गरेपछि… « Khabarhub

बेहुलाले दाइजोमा आएको पौने १८ लाख अस्विकार गरेपछि…


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पछिल्लो समय दाइजो लिनुदिनु सामाजिक कुरीति मानिदै आएको छ । तर अझै पनि कतिपय स्थानमा दाइजोको रकम लेनदेन गरेर मात्र विवाह गरिन्छ ।

तराईका केही जिल्लामा दाइजोको डरलाग्दो रुप छ । दाइजो नल्याएको निहुँमा बुहारीलाई कुटपिट गर्ने, जलाउने, मार्नेसम्मका घटनाहरु भएका छन् । दाइजोमा भनेजति रकम नपुग्दा कतिले विवाहसमेत तोडेर हिँडेका थुप्रै उदाहरणहरु छन् । यस्तैमा भारतको राजस्थानमा एक बेहुलाले बेहुली पक्षबाट दिइएको ११ लाख भारु अस्विकार गरेका छन् ।

भारतको जयपुरस्थित राजस्थानमा एक बेहुलाले दाइजोमा दिइएको पौने १८ लाख रुपैयाँ (भारु ११ लाख) अस्विकार गरेका छन् । विवाहमा ससुराले सगुनभन्दै ११ लाख भारुले भरिएको थाली बेहुलालाई दिएपछि बेहुलाले उक्त रकमलाई अस्विकार गरेका हुन् ।

भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल, छत्तीसगढमा सिपाही पदमा कार्यरत कर्मचारी जितेन्द्र सिंह जन्ती लिएर जयपुरको अम्बावाडी पुगे । त्यहाँ जितेन्द्रको विवाह गोविन्द सिंह शेखावतकी छोरी चञ्चलसँग हुनेवाला थियो ।

विवाहमा सबै रीति र विवाह प्रक्रिया सामान्य स्थितीमा चल्यो । तर जब बेहुली पक्षबाट बेहुलालाई दाइजो रकम भन्दै ११ लाखले भरिएको थाली दिइयो । तब बेहलाले उक्त रकम लिन अस्विकार गर्दै ससुराका अगाडि हात जोडेर उभिए ।

बेहुलाले रकम लिन अस्विकार गरेपछि बेहुली पक्षका धेरै मानिसले सरकारी जागिरे भएकाले बेहुलाले रकममा असन्तोष गरेको अड्कल काटेका थिए ।

तर, हात जोडेर उभिएका जितेन्द्रले आफू दाइजो प्रथाको विरोधी रहेकाले उक्त रकम नलाने बताए । जितेन्द्रले आफ्नी हुनेवाला पत्नीले एलएलबी गरेको र पीएचडी अध्ययन गर्दै गरेकाले आफूलाई श्रीमतीको सोही शिक्षा दाइजो भएको भन्दै रकम लिन अस्विकार गरेका हुन् ।

यस कुराबाट विवाहस्थलका धेरै मानिस भावुक बने । र अन्ततः सगुन स्वरुप ११ रुपैयाँ भारु लिएर बेहुलाले विवाह गरे । बेहली चञ्चलले न्यायाधीश पदका लागि आवेदनसमेत दिएकी छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ०२ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।