कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी « Khabarhub

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनका साथै सुशासनलाई संस्थागत गर्न तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी सुरु गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक प्रशासन र व्यवस्थान तथा शैक्षिक प्रशासनमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी शनिबार सुरु भएको हो । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नवीन बमले विश्वविद्यालयले प्रशासनिक व्यवस्थापनलाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति प्रा डा किसनदत्त भट्टको अध्यक्षता तथा राष्ट्रिय योजना आयोगका सदस्य एवं कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ प्रा डा सुदन झाले उद्घाटन गरे ।

कार्यशालामा विश्वविद्यालयका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुख, विभाग प्रमुख, स्कुल प्रमुख तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको सूचना अधिकारी बमले जानकारी दिए ।

कार्यशालामा आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउने विषयमा समेत छलफल तथा प्रशिक्षण दिइने छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ११ : १९ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा