सिरियामा रुसी आक्रमणबाट नौ जनाको मृत्यु | Khabarhub Khabarhub

सिरियामा रुसी आक्रमणबाट नौ जनाको मृत्यु


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरुत – सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ ।

सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुसी फौजले सिरियाको उत्तरपश्चिमस्थित इडलिबमा जिहादी अतिवादी समूहलाई लक्षित गरी हवाई हमला गरेको जनाएको छ ।

अब्टरभेटरीले इडलिबको दक्षिणी अल–मालाजा गाउँमा पाँच जनाको मृत्यु भएको तथा पूर्वी साराकेब नगरमा चार जना मारिएको उल्लेख गरेको छ । यी दुबै आक्रमणमा थुप्रै सर्वसाधारण घाइते भएका छन् भने केहीको अवस्था निकै गम्भीर रहेको छ ।

अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले इडलिब क्षेत्र पूर्व अल–कायदा लडाकू आबद्ध विभिन्न समूहले नियन्त्रणमा लिइरहेको बताए । सिरियाको आठ वर्षे गृहयुद्धका क्रममा ठूलो संख्यामा यहाँ आन्तरिक रुपमा विस्थापित मानिसहरु पनि बसोबास गरिरहेका छन् ।

इडलिब क्षेत्र सिरियाली राष्ट्रपति बसार अल–अस्सादप्रति बफादार सिरियाली सेनाका लागि अझै पनि टाउको दुखाईको विषय बनेको छ । इडलिबमा शान्तिपूर्ण तबरबाट समाधान निकाल्न रुसले गत अगस्टदेखि युद्धविराम पनि गरेको छ ।

तर अब्जरभेटरीको भनाईमा यही नोभेम्बर महिनाको शुरुदेखि हालसम्म रुसी हवाई कारबाहीमा ४८ जना सर्वसाधारणको ज्यान गइसकेको छ ।

सन् २०११ देखि शुरु भएको सिरियाली गृहयुद्धमा हालसम्म कम्तीमा तीन लाख ७० हजारको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ५९ बजे

आज नेपालको इतिहासको गौरवपूर्ण र अविस्मरणीय दिन हो : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल फागुन ७ गते बुधबार माघ शुक्ल

चलचित्र‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश

काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न

आज २०८१ साल फागुन ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन ७ गते बुधबार माघ