आलमविरुद्ध मुद्दा दायर गरेका सरकारी वकिलको सरुवा | Khabarhub Khabarhub

आलमविरुद्ध मुद्दा दायर गरेका सरकारी वकिलको सरुवा


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका न्यायाधिवक्ता खडिन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ ।

रौतहट बम बिस्फोटका आरोपित पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिए लगत्तै काठमाडौं आएका कटवालको आइतबार मकवानपुर जिल्ला सरकारी वकिलको कार्यालयमा सरुवा गरिएको छ ।

आलमको मुद्दामा अनुसन्धान भए लगत्तै प्रहरीले कटवालको सुरक्षाका लागि अंगरक्षक खटाएको थियो ।

आलमको विरुद्ध सरकारी वकिलकोतर्फबाट मुद्दा दायर गरेका कटवालले सुरक्षा थ्रेट रहेको भन्दै शुक्रबार नै अन्यत्र सरुवा गर्न महान्यायधिवक्ताको कार्यालयलाई आग्रह गरेका थिए ।

यस्तै आलमलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकालसमेत रौतहटबाट शुक्रबार राति नै काठमाडौं आएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : ५० बजे

बंगलादेशमा शेख हसिनालाई सुनाइयो फासीको सजाय

काठमाडौं- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना मानवताविरुद्धका पाँचवटा अपराधमध्ये तीनमा

छानबिनको बहानामा यसअघि बढुवा छुटाइएका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा – आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य

एलओडी क्लब एनपीलको इन्टरटेनमेन्ट पार्टनर 

काठमाडौं– एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको

काठमाडौंलाई जनकपुरसँग अघिल्लो सिजनको बदला लिने अवसर

काठमाडौं – नेपाल प्रिमियर लिगको सिजन २ को उद्घाटन खेलमा