बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी « Khabarhub

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन राज्य सभामा छानिएपछि खाली भएको उक्त सिटमा जुलाई ३० मा उपनिर्वाचन भएको थियो।

भाजपाको ३० वर्ष पुरानो किल्ला भत्काउँदै किशोरले निकटतम प्रतिद्वन्द्वी भाजपाका नीरज कुमारलाई १९ हजार ३२४ मतान्तरले पराजित गरे। किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा कुमारले ४४ हजार ८२७ मत मात्र पाए। यस क्षेत्रमा सन् १९९५ देखि लगातार भाजपाले जित हासिल गर्दै आएको थियो।

जीतपछि प्रतिक्रिया दिँदै किशोरले ३० वर्षदेखि कायम रहेको भाजपाको किल्ला केवल ३० दिनको प्रयासमा ढलेको बताए। “यो निर्वाचन एक क्षेत्रको सांसद छान्नका लागि मात्र नभई प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई स्पष्ट सन्देश दिनका लागि थियो,” उनले भने।

यसैबीच, उपनिर्वाचन भएका अन्य क्षेत्रमध्ये मध्यप्रदेशको डाटियामा कांग्रेसका घनश्याम सिंहले भाजपाका आशुतोष तिवारीलाई ६ हजार १६ मतान्तरले पराजित गरेका छन्। उता गुजरातको मञ्जपुरमा भने भाजपाका सतेन्द्रभाइ पटेलले कांग्रेसका भिखाभाई रबरीलाई ३० हजार मतान्तरले हराउँदै जित दर्ता गराएका छन्।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १० : १६ बजे

२० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव

तराईमा बढेको धार्मिक तनावप्रति नागरिक समाजको चिन्ता, सद्भाव कायम गर्न अपिल

काठमाडौँ – तराईका केही जिल्लामा हिन्दू-मुस्लिम समुदायबीच देखिएको द्वन्द्वप्रति चिन्ता

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध