जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु « Khabarhub

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर गए राति एक भारतीय दर्शनार्थीको मृत्यु भएको छ ।

साथीसँग जानकी मन्दिर दर्शन गर्न आएका भारतको विहार राज्यको हाजीरपुर निवासी २० वर्षीय आदर्शकुमार झाले अचानक पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

पोखरीमा हामफालेपछि स्थानीय युवाहरूले तत्काल उनको उद्धार गरी उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ८ : ४३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले