विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह « Khabarhub

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ ।

नेपाल प्रहरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबइ, कतारलगायत मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताइको छ । 

उक्त कार्यालयले यस्ता कार्य कानूनविपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानुनी कारबाही गरिरहेको जनाउँदै  अवैध ओसारपसारमा संलग्न भएमा कारबाही हुने चेतावनी दिएको छ ।

कार्यालयले अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको प्रलोभनमा परी सुन, बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउन, आफ्नो सामान तथा झोलामा भएका वस्तुको वास्तविक विवरणको जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न, भन्सारसम्बन्धी प्रचलित कानुनको पालना गर्न तथा दलालको प्रलोभनबाट टाढा रहन आग्रह गरेको छ ।

साथै, विमानस्थलमा कुनै शङ्कास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १ : ५६ बजे

डेन्यूबमा युद्धपोत फेरि देखिए

एजेन्सी– युरोपको दोस्रो लामो डेन्यूब नदीमा खडेरीका कारण पानीको सतह

न्यायपालिकामाथि प्रश्न उठाउने ३ संस्थासँग स्पष्टीकरण माग्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायीपालिका

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि इजरायलका राजदूत

निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो

काठमाडौं– प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जीको नेतृत्वमा रहेको उद्धार टोलीले