येन स्थिरतामा अमेरिकाको जोड « Khabarhub

येन स्थिरतामा अमेरिकाको जोड


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताएका छन् । 

उनले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएका छन् । उनले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पारेका छन् ।

सिएनबीसीसँग मङ्गलबारको अन्तर्वार्तामा बेसेन्टले सन् १९९० को दशकको अन्त्यतिरको एसियाली वित्तीय सङ्कट स्मरण गर्दै अत्यधिक कमजोर येनले अन्य एसियाली मुद्रामाथि पनि दबाब सिर्जना गर्न सक्ने बताए ।

उनका अनुसार येन अत्यधिक कमजोर भए त्यसको प्रभाव कोरियाली वोनलगायत अन्य क्षेत्रीय मुद्रामा पनि पर्न सक्ने र चिनियाँ रेन्मिन्बीको मूल्याङ्कनबारे अन्तर्राष्ट्रिय बजारमा विभिन्न धारणा रहेको छ ।

गत साता सन् १९९८ यताकै पहिलो पटक अमेरिका र जापानले संयुक्त रूपमा येन खरिद हस्तक्षेप गरेका थिए । उक्त हस्तक्षेपअघि येन अमेरिकी डलरको तुलनामा करिब १६४ येन प्रतिडलरसम्म झरेर झन्डै चार दशकयताकै कमजोर अवस्थामा पुगेको थियो ।

बेसेन्टले जापानको अर्थतन्त्रको आकार, विश्व व्यापारमा यसको भूमिका तथा अन्तर्राष्ट्रिय बचत बजारमा जापानको योगदानलाई दृष्टिगत गर्दा स्थिर येन विश्व अर्थतन्त्रका लागि आवश्यक रहेको बताए ।

 जापान अमेरिकी सरकारी ऋणपत्रको सबैभन्दा ठूलो धारक भएकाले एकल हस्तक्षेपका क्रममा अमेरिकी ट्रेजरी ऋणपत्र बिक्री हुन सक्ने र त्यसले अमेरिकी ऋण बजारमा दबाब पर्न सक्ने चिन्ता पनि वासिङ्टनमा रहेको जनाइएको छ ।

विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनले अमेरिकी व्यापार घाटा कम गर्ने नीति तथा सन् २०२५ को व्यापार सम्झौताअन्तर्गत जापानले अमेरिकामा पाँच खर्ब ५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धतालाई पनि यस कदमसँग जोडेर हेरिएको छ । 

संयुक्त हस्तक्षेपअघि पनि जापानले आफ्नै प्रयासमा दशौँ अर्ब डलर खर्च गरेर येनलाई समर्थन गरेको थियो, तर मुद्रा निरन्तर कमजोर बन्दै गएको थियो ।

येनको अवमूल्यन हुनुका कारणमा जापान र अमेरिकाबीचको ब्याजदर अन्तर, उच्च अन्तर्राष्ट्रिय तेल मूल्य तथा प्रधानमन्त्री साने ताकाइचीका खर्चमुखी योजनाले जापानको सार्वजनिक ऋण थप बढ्न सक्ने चिन्तालाई लिइएको छ ।

संयुक्त हस्तक्षेपपछि वासिङ्टन र टोकियोले आवश्यक परे पुनः बजारमा हस्तक्षेप गर्न सक्ने सङ्केत दिएका छन् । बुधबारसम्म येन गत महिनाको न्यून विन्दुभन्दा करिब चार प्रतिशतले मजबुत भएको थियो ।

बेसेन्टले अन्ततः विनिमय दर बजारका तत्कालीन सङ्केतभन्दा पनि जापानको आर्थिक र मौद्रिक नीतिले निर्धारण गर्ने बताए । यसैबीच, गोल्डम्यान स्याक्सका अनुसन्धानकर्ताले संयुक्त हस्तक्षेपले तत्काल प्रभाव पार्न सक्ने भए पनि विश्व आर्थिक अवस्था र जापानको घरेलु नीतिमा ठोस परिवर्तन नभएसम्म यसको प्रभाव दीर्घकालीन नहुने विश्लेषण गरेका छन् । 

उनीहरूले अमेरिकी ट्रेजरीको संलग्नतालाई येनको विनिमय दर नियन्त्रणभन्दा पनि अमेरिकी ऋण बजारमा अनावश्यक अस्थिरता कम गर्ने उद्देश्यसँग बढी सम्बन्धित रहेको बताएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : ०६ बजे

डेन्यूबमा युद्धपोत फेरि देखिए

एजेन्सी– युरोपको दोस्रो लामो डेन्यूब नदीमा खडेरीका कारण पानीको सतह

न्यायपालिकामाथि प्रश्न उठाउने ३ संस्थासँग स्पष्टीकरण माग्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायीपालिका

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि इजरायलका राजदूत

निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो

काठमाडौं– प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जीको नेतृत्वमा रहेको उद्धार टोलीले