११४ दिनदेखि बन्द काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय खुल्यो « Khabarhub

११४ दिनदेखि बन्द काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय खुल्यो


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं- समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटिमण्डपमा रहेका काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खोलेको छ ।
  
बक्यौता नबुझाएपछि तालाबन्दी गरेको १ सय १४ औं दिनमा परिषद् आफैले उक्त पुस्तकालयको ताला खोलेको हो । ताला खोलेपनि पाठनपाठनका लागि सोमबारदेखि मात्रै खुला हुने परिषद्ले जनाएको छ ।

पुस्तकालयको ताला खोल्न चौतर्फी दबाब आएपछि परिषद्का पदाधिकारीहरूले बुधबार ताला खोलेका हुन् । तर साँचो परिषद्ले आफै राख्ने जनाएपछि पाठकहरूले विरोध जनाएका थिए । उनीहरूले पुस्तकालयको साँचो सञ्चालक समिति वा पाठकहरूलाई नै दिन माग गरेका थिए । त्यसपछि परिषद्, पुस्तकालयका प्रतिनिधि र पाठकबीच सहमति गरिएको थियो ।

सहमति अनुसार पुस्तकालय सञ्चालनमा देखिएका समस्या समाधानका लागि पहल गर्ने र सोमबारदेखि पूर्ण रुपमा पाठनपाठनका लागि खुला गरिने समाज कल्याण परिषद् व्यवस्थापन कार्यालय प्रमुख खगनाथ रेग्मीले जानकारी दिए । 

पुस्तकालयको तालाचाबी अहिले पुस्तकालय प्रशासनमा नै रहने गर्ने र पुस्तकालय सञ्चालनको मोडालिटीका बारेमा परिषद र पुस्तकालय कार्यसमिति बसेर छलफल गरी उचित निकास निकाल्ने सहमति भएको उनले बताए ।

बक्यौता रकम नतिरेको भन्दै परिषद्ले २०८२ साल चैत ३० गते पुस्तकालयमा तालाबन्दी गरेको थियो । 

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : ३४ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले