लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ « Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तथा चिकित्सकको सिफारिसबिना खरिद गर्न नमिल्न लागूऔषधसहित  विभिन्न  स्थानबाट १६ व्यक्तिलाई पक्राउ गरिएको छ । 

नाम पत्ता लगाउन बाँकी रहेका १८ वर्षीय किशोरलाई रोल्पा, माडी गाउँपालिका–२ घर्तीगाउँ बाट ४० मिलिग्राम, कैलाली, धनगढी उपमहानगरपालिका–२ विशालनगरबाट ९४ मिलिग्रामसहित दुई जना क्रमशः योगेश पाल र  सुवास हमाल, कैलाली, टीकापुर नगरपालिका–१ खडकचोकबाट ६७० मिलिग्रामसहित मिन रावल, पाँचथर, फिदिम नगरपालिका–१ बरडाँडाबाट ४० मिलिग्रामसहित निराजन खतिवडालाई लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो । 

 त्यसैगरी, कञ्चनपुर, बेलौरी नगरपालिका–१ खल्ला पिपल चौताराबाट ५५० मिलिग्रामसहित  निशान्त तामाङ, बाँके, बैजनाथ गाउँपालिका–१ बाट ७३० मिलिग्राम र नगद रु ३६ हजार ९६५ सहित नाम खुल्न नसकेको १८ वर्षीय किशोर मंगलबार पक्राउ परेका हुन् ।  

त्यस्तै चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न मिल्ने स्पास्मो २४० ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट र स्पास्मो १५० ट्याब्लेट सहित बीर्खबहादुर नेपाली र कृष्ण लुहारलाई क्रमशः धनगढी उपमहानगरपालिक–३, सुर्खेत सिम्ता गाउँपालिक–६ रामकोट, मोरङ, बेलबारी नगरपलिका–१ सिसौलीबाट ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेटसहित  विकास रौनियारलाई मङ्गलबार पक्राउ गरिएको हो । 

केन्द्रीय प्रहरी समाचारकक्षले चितवन, रत्ननगर नगरपालिका–७ लौखानीबाट अवैध लागुऔषध ५०० ग्राम गाँजा र नगद रु एक लाख २९ हजार ५२५ सहित दीपक महतो र निजका छोरा राहुल महतोलाई मंगलबार पक्राउ गरिएको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइन्छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ५ : ०७ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले