खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता « Khabarhub

खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही साउन २८ गते नयाँ पार्टी दर्ता गर्ने भएका छन् ।

नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय दुई नेताले गरेका हुन्। पटक पटकको संवादपछि ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न लागिएको हो ।

उक्त अभियानमा पाँचथरका युवा नेता संलग्न सगुन लावतीसहित छन् । पार्टीको नाम, झण्डा र अन्य प्राविधिक विषय मिलेकाले साउन २८ गते दर्ता गर्ने टुंगो भएको हो ।

नयाँ पार्टीको सभापतिमा अब धवल शमशेर राणा रहनेछ भने सर्वोच्च नेताको पद दुर्गा प्रसाईका लागि सर्जित गरिएको छ।

राप्रपाका तत्कालीन महामन्त्री डा. राणाले गत जेठ २१ गते साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । उनको नेतृत्वमा उपाध्यक्ष मुकुन्दश्याम गिरी र पूर्वमन्त्री दीलनाथ गिरीसहित १८३ जना नेता तथा कार्यकर्ताले राप्रपा छाडेका थिए ।

उता दुर्गा प्रसाईं भने राजावादी र हिन्दु राष्ट्रको अभियानमा एक्लै कुदेका छन् । उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान’ चलाउँदै आएका थिए । जसले देशको अर्थतन्त्रमा आएको मन्दी, बैंक तथा लघुवित्तको ऋणको दबाब, वैदेशिक रोजगारीमा युवाको बढ्दो पलायन र वर्तमान राजनीतिक प्रणालीकाविरुद्ध आवाज उठाउँदै आएको छ।

उनी कुनै बेला तत्कालीन नेकपा माओ‌वादीका कार्यकर्ता थिए। उनी वर्तमान नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डका प्रियपात्र थिए । त्यसपछि उनी एमालेमा लागेर अर्थ विभागको उपप्रमुख हुँदै केन्द्रीय सदस्यसमेत भए ।

तर अध्यक्ष ओलीले बेवास्ता गर्न थालेपछि उनी एमाले छाडेर राजावादी भए । उनले २०८१ चैत १५ गते काठमाडौंमा गरेको राजावादी आन्दोलनमा कम्तीमा २ जनाले ज्यान पनि गुमाए । प्रसाईं पछिल्लो समय विवादित अभिव्यक्तिले पक्राउ पर्दै छुट्दै गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ६ : २३ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि