‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’ « Khabarhub

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता जगन्नानाथ (जेएन) थपलियासँग अध्यक्ष केपी शर्मा ओली र सचिव महेब बस्नेतसहितले गरेको व्यवहारलाई लिएर पार्टी नेतृत्वको कडा आलोचना गरेका छन्।

उनले भक्तपुरको गुण्डुमा सोमबार राति अध्यक्ष केपी शर्मा ओलीकैसामु थपलिया ढलेको घटना केवल एक व्यक्तिको स्वास्थ्य समस्या नभई पार्टीभित्रको ‘आस्था र विश्वास ढालिएको’ घटना भएको बताएका छन्।

लामो टिप्पणी गर्दै थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र कमजोर अवस्थामा रहेका बेला जेएन थपलियाले गाउँ–बस्ती, विद्यालय, विश्वविद्यालय, किसान र बौद्धिक समुदायबीच ओलीको पक्षमा दृढतापूर्वक वकालत गरेको स्मरण गरेका छन्।

उनले पाँचौंदेखि एघारौं महाधिवेशनसम्म थपलियाले कहिल्यै ओलीको साथ नछोडेको र पार्टीका कठिन संघर्षका बेला पनि पहाडझैँ अडिग रहेको उल्लेख गरेका छन्।

आठौं राष्ट्रिय महाधिवेशनअघि धेरै नेताले ओलीको पक्षमा खुल्न नचाहेका बेला बागमतीबाट थपलिया प्रमुख समर्थकमध्ये एक रहेको थापाको भनाइ छ।

थापाले पार्टीभित्र लोकतन्त्र कमजोर बनाइएको, मूल्यांकन प्रणाली समाप्त पारिएको र मनपरी प्रवृत्तिले सीमा नाघेको सहन नसकेर थपलिया गुण्डुमा ढलेको दाबी गरेका छन्।

उनले त्यसबेला केही पदाधिकारी र पदको आकांक्षा राख्ने व्यक्तिहरूले थपलियाको उपहास र अपमान गरेको आरोप पनि लगाएका छन्।

‘गुण्डुमा जेएनको शरीर मात्र ढलेको होइन, त्यहाँ एउटा राजनीतिक आस्था र विश्वास ढालिएको हो। एउटा संघर्षको इतिहास ढालिएको हो। उहाँमाथि गरिएको अपमान त्याग, निष्ठा र बलिदानको इतिहासमाथिको अपमान हो,’ थापाले लेखेका छन्।

उनले उक्त घटनालाई पार्टीभित्रको ‘अत्याचारको पराकाष्ठा’को रूपमा इतिहासले सम्झिने दाबी गर्दै सत्ता र शक्तिको आडमा हुने व्यवहार अन्ततः विद्रोहको कारण बन्न सक्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ७ : १८ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई