आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६ अगष्ट ६ तारिख। साउन कृष्ण पक्षको अष्टमी तिथि ।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको प्रगतिमा मन हर्षित बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन सामान्य छ। हौसिएर लगानी गर्दा व्यापारमा जोखिम बढ्नेछ। राजनीतिमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ। शिक्षाको क्षेत्रमा नतिजा प्राप्त नहुँदा मन निराश बन्नेछ। विदेशमा आकर्षणा बढ्नेछ।

मिथुन : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्दा मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मनमा उत्साह बढ्नेछ।

कर्कट : धेरै राम्रो दिन छ। धन लाभ हुनेछ। रमाइलो यात्रा हुनेछ । मानसम्मान प्राप्त हुने दिन छ । धार्मिक कार्यमा सहभागी हुँदा नयाँ सिर्जना हुनेछ। शिक्षामा लाभ हुनेछ । काम गर्दा मन शान्त बन्नेछ ।

सिंह : पठनपाठनमा मन जानेछ । शुभ ग्रहको बहुमत भएकाले शिक्षा र स्वास्थ्यमा लगानीबाट फाइदा हुनेछ। गोपनीयता कायम गर्नु राम्रो होला। सामाजिक क्षेत्रमा काम गर्दा मन शान्त बन्नेछ।

कन्या : दिन सामान्य छ। सानो कुराले मनमा उथलपुथल ल्याउने छ। आर्थिक क्षेत्रमा व्यायभार थपिए पनि स्वास्थ्यमा सुधार हुनेछ।। अभिभावकसँगको अन्तरक्रियाले फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। दाजुभाइसको सहकार्य भए फाइदा हुनेछ। विपक्षीको साथ र सहयोग मिल्नेछ। राजनीतिमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा घाटा हुने भएकाले सचेत बन्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। मन शान्त बन्नेछ। विपक्षी साथीको साथ मिल्नेछ। राजनीतिमा फाइदा हुनेछ। धार्मिक क्षेत्रमा सहकार्य हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर : दिन सामान्य छ। लगानीबाट सामान्य नाफा हुनेछ। व्यापारमा लगानी नगर्नु उचित हुन्छ। स्वास्थ्य र शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। परिवारको व्यवहारले मन आशान्त बन्ने जोखिम छ।

कुम्भ : दिन सामान्य छ। टाउको दुख्ने जोखिम बढ्नसक्छ। हरेक काममा बाधा र अवरोध हुनेछ। व्यापारमा गरेको लगानीबाट भने नाफा हुनेछ। परिवारमा एकपटक सचेर मात्र बोल्नु उचित हुन्छ। साथीबाट प्रशंसा हुनेछ।

मीन : दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। विपक्षी सहकार्य गरेर अगाडि बढ्न सहमत हुनेछन्। धार्मिक र सामाजिक क्षेत्रमा तपाईंको नाम रहनेछ। परिवारको साथले उत्साह बढ्नेछ। 

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ५ : ११ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका