विश्वप्रकाश भन्छन् : सर्वोच्चको पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिकता र तथ्य थप पुष्टि गर्नेछ « Khabarhub

विश्वप्रकाश भन्छन् : सर्वोच्चको पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिकता र तथ्य थप पुष्टि गर्नेछ


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले गत पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनसम्बन्धी मुद्दामा न्यायिक निरुपण भइसकेको बताएका छन्।

उक्त मुद्दा पुनः परीक्षणका लागि तत्कालीन सभापति शेरबहादुर देउवाको निवेदनमा सर्वोच्चले निस्सा दिएको विषयमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधान्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार यस्तो आदेश जारी गरेपछि संस्थापन दबाबमा परेको छ। कांग्रेसको मुद्दामा सर्वोच्चबाट पुनरावलोकन अनुमति मिलेपछि वर्तमान इतर समूह हौसिएको छ ।

सामाजिक सञ्जालमार्फत संक्षिप्त टिप्पणी गर्दै शर्माले संयुक्त इजलासले रिट खारेज गरी टुंग्याइसकेको विषयमा पुनरावलोकनमा नगए पनि लामो बहसपछि न्यायिक निरूपण भइसकेको बताएका हुन्।

उनले पुनः परीक्षण प्रक्रियाले विशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनीतिक सत्य’लाई अझ फराकिलो ढंगले उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

शर्माले संयम र परिपक्वतासाथ नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य सम्मानित न्यायालयसमक्ष पुनः प्रस्तुत गर्न आफूहरू स्पष्ट, खुला र तत्पर रहेको पनि बताएका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ४ : ५६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा