कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार « Khabarhub

कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे (अल्ट्रासाउन्ड) सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा हरेक सोमबार र बिहीबार भिडियो एक्स-रे सेवा उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ ।

कमल गाउँपालिकाका अध्यक्षसमेत रहेका नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिंह राईको पहलमा आम्दा मेची अस्पतालसँगको सहकार्य गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार आम्दा अस्पतालका रेडियोलोजिस्ट डा. देवकृष्ण यादवले नगर अस्पतालमा हप्ताको दुई दिन सेवा दिनेछन् । 

उक्त सम्झौताअनुसार आगामी सोमबारदेखि औपचारिक रूपमा सेवा सुरु हुनेछ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक दाहालका अनुसार सेवा विस्तारसँगै स्थानीय गर्भवती तथा अन्य बिरामीले सामान्य परीक्षणका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्नेछ । 

कमल नगर अस्पतालले पछिल्लो समय विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको छ । अस्पताल प्रमुख कुशल श्रेष्ठका अनुसार यसअघि दमक अस्पताल एण्ड रिसर्च सेन्टरको सहकार्यमा दन्त सेवा, मेची आँखा अस्पतालमार्फत दैनिक आँखा सेवा तथा विराट टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याइसकेको छ । 

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ६ : ११ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई