राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर « Khabarhub

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणसम्बन्धी गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको हो।

बैठकले राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय तथा निर्देशनअनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने प्रस्ताव सर्वसम्मतिले पारित गरेको जनाएको छ।

संसदीय दलले तत्कालीन राजनीतिक समीकरणका आधारमा सरकार गठनको दौडमा नरहने स्पष्ट गर्दै पार्टीको निर्णयअनुसार आगामी राजनीतिक गतिविधि अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ९ : १८ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय