प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग « Khabarhub

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर बनाउने योजनाबारे स्पष्ट पार्न सरकारसँग आग्रह भएको छ । 

बैठकमा ट्रमा सेन्टरका बारेमा प्रश्न उठेपछि सभामुख डोलप्रसाद अर्यालले जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । 

बैठकको आरम्भमा विपक्षी दलका सदस्यहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली काग्रेसका सांसद डा चन्द्रमोहन यादवलाई समय दिए । 

सांसद यादवले ढल्केवर मधेस प्रदेशको धेरै मानिस बस्ने जिल्लाको केन्द्रमा रहने र राजमार्गको बीचमा रहेकाले त्यहाँ राष्ट्रियस्तरको ट्रमा सेन्टर बनाउने सरकारको योजनाबाट सरकार पछि हटेको भन्दै विरोध गरे । 

उनले विगतका सरकारले ढल्केबरमा ट्रमा सेन्टर बनाउने योजनालाई हेरफेर गर्न नहुने बताए । उनले सरकारबाट जवाफ नआएसम्म आफू मौन खडा रहने बताए । 

प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलका सांसदहरूले आफ्ना आसनबाट उठेर राष्ट्रिय महत्वका विषयमा ध्यानाकर्षण गरेपछि सत्ता पक्षका सांसदले नियमापत्ति गरे ।

सांसद यादव बोलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जुन विषय र समयमा बोल्न खोजिएको हो, त्यही समयमा बोल्न आग्रह गर्दै बैठक सुरु हुनेवित्तकै  जुनसुकै विषयमा बोल्ने विपक्षीहरूको शैलीको विरोध गरे । 

सो पार्टीका मनिष खनालले सधैँ एउटै शैलीमा सुरुमै उठेर विरोध गर्ने र समय दिइरहने प्रवृत्ति अन्त्य गर्न सभामुखसँग आग्रह गरे ।

तत्पश्चात् पनि सांसद यादव नबोली उभिइरहेपछि सभामुख अर्यालले आफ्नो आसनमा बसेर सभाको मर्यादा कायम गर्न उनलाई आग्रह गरे । सांसद यादव उभिइरहेपछि सभामुख अर्यालले यादवलाई पुनः बोल्न समय दिए । 

सांसद यादवले मधेस प्रदेशको केन्द्र जस्तो भएकाले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने वा नगर्ने भन्नेबारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।
 

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  २ : ०६ बजे

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको