अभिनेता विपिन कार्कीलाई पुत्री लाभ « Khabarhub

अभिनेता विपिन कार्कीलाई पुत्री लाभ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्कीलाई सन्तान लाभ भएको छ । विपिन पत्नी रेश्मा कटुवालले सोमबार पौने सात बजे बल्खुस्थित बयोद्या अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

५ वर्षअघि रेश्मा र विपिनले बिहे गरेका थिए । यी दुईले पहिलो सन्तानस्वरुप छोरीलाई जन्म दिएका हुन् ।

अभिनेता विपिन कार्कीले सामाजिक सञ्जालमा छोरीसँगको तस्वीर शेयर गर्दै खुशी साटेका छन् । विपिन भन्छन्, ‘उनी हाम्रो प्रेम र सम्बन्धको पहिलो सन्तान हुन् ।’

विपिन बाबु बनेपछि उनका फ्यान र सेलिब्रेटीले बधाई दिएका छन् ।

रंगमञ्च हुँदै फिल्म क्षेत्रमा स्थापित भएका अभिनेता कार्की फरक–फरक चरित्र निभाउन खप्पिस छन् । गतवर्ष.उनी फिल्म ‘प्रसाद’ बाट चर्चामा आएका थिए । अर्को फिल्म ‘गोपी’ भने व्यावसायिक रुपमा असफल भएको थियो ।

यतिबेला विपिन फिल्म ‘सेल्फी किङ’ को काममा छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ११ : ३२ बजे

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९