उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने « Khabarhub

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा उच्च जोखिममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।

उद्धारमा खटिने कर्मचारीलाई मासिक रुपमा तलवको १५ प्रतिशत भत्ता दिने र खटिएको दिनमा ५ सयको दरले उच्च जोखिम भत्ता दिने निर्णय भएको हो ।

उच्च जोखिममा खटिने गोताखोर तथा हिमाली क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई उच्च जोखिम भत्ता दिने नेपाल सरकारको निर्णय सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

यस निर्णयले उच्च जोखिममा खटिने प्रहरी कर्मचारीहरुको उच्च मनोवल रहने छ भने उनिहरुको अर्थिक रुपमा समेत सुधार हुने विश्वास लिएको छ ।

सशस्त्र प्रहरी कर्मचारीहरुलाई यस निर्णयले फिल्डमा खटिन समेत थप बल पुग्ने र हौसला मिल्ने समेत अपेक्षा गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले नेतृत्व समाल्नु भएदेखि नै यस बिषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्नु भए अनुसार आज नेपाल सरकारबाट यो निर्णय भएको हो ।

यो जोखिम भत्ता विपद् खोज तथा उद्दार कार्य अन्तर्गत गोताखोर र उच्च हिमाली भूभाग जस्तो अति जोखिमयुक्त स्थानमा खटिने सशस्त्र प्रहरी बलका विषेश तालिम प्राप्त उद्धारकर्तालाई प्रदान गरिने छ।

यसले अति नै संवेदनशील तथा जोखिमयुक्त क्षेत्र मा खोज तथा उद्धारमा खटिने राष्ट्र सेवक हरुलाई थप हौसला एवं प्रोत्साहन प्रदान गर्ने छ।

समग्र विपद् खोज उद्धार कार्य सम्पादनमा थप प्रभावकारिता बृद्धि हुने र गोताखोर तथा उच्च हिमाली खोज उद्दार जस्तो अति नै संवेदनशील जोखिमयुक्त स्थानमा खटिने उद्दार कर्ताहरु लाई तालिम प्रति प्रोत्साहित गरी तालिम प्राप्त जनशक्ति पलायन हुनबाट समेत कमी हुने छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ९ : ५९ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित