मधेसमा ९५ प्रतिशत रोपाइँ « Khabarhub

मधेसमा ९५ प्रतिशत रोपाइँ


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार आजसम्म प्रदेशभर तीन लाख ६५ हजार २९१ दशमलव १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

प्रदेशका आठ जिल्लामध्ये सिरहा र बारामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने प्रदेश कृषि विकास निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बारामा लक्ष्यभन्दा बढी रोपाइँ भएको छ ।

बारामा ४५ हजार १०० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिइएकामा यस वर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको अधिकृत विश्वकर्माले बताए । उनका अनुसार सप्तरीमा ९१ दशमलव २५ प्रतिशत, धनुषामा ९० प्रतिशत रोपाइँ भएको छ । जिल्लामा ४३ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने लक्ष्य रहेकामा हालसम्म ३९ हजार ३३० हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

सर्लाहीमा ९९, रौतहटमा ९८, पर्सामा ९१, महोत्तरीमा ८१ दशमलव ६८ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । मधेस प्रदेशमा कूल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको छ । अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण यस वर्ष रोपाइँ सन्तोषजनक भएको अधिकृत विश्वकर्माले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ९ : १६ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा