घर चिन्न घर छाडौं तर घर नविर्सौं « Khabarhub

घर चिन्न घर छाडौं तर घर नविर्सौं


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ – २०१६)को जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

उनी नेपाली साहित्यका महाकविका रूपमा सु–प्रसिद्ध छन् । देवकोटा नेपाली साहित्यका कबिता, आख्यान, नाटक र निबन्ध गरि साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए ।

उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अद्वितिय कृतिहरू लेखेका छन् ।

विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् । यहाँ हामीले तिनै महाकवि देवकोटाका केही उत्कृष्ट भनाइहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंका लागि पनि उपयोगी बन्न सक्छन् ।

– मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
– कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिले सम्म निस्केको छैन ।
– सत्यका लागि त्याग गर्न जसले सक्दैन उ कदापी वीर हुन सक्दैन ।
– खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।
– चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै पर्वतारोही हो ।
– दर्शन भय हो कविता सत्य हो
– घर चिन्न घर छाडौं तर घर नविर्सौं
– जिवन एक चक्का हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।
– मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ११ : ४२ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष