किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी « Khabarhub

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण एक जना बच्चासहित तीन जनाको मृत्यु भएको क्षेत्रीय सैन्य अधिकारीले बताएका छन् । उता किएभले प्रति आक्रमणमा ब्यालेस्टिक मिसाइलको  प्रक्षेपण गर्ने चेतावनी दिएको छ । 

 पछिल्लो समयमा मस्कोले युक्रेनका विभिन्न क्षेत्रमा आफ्ना आक्रमणहरू उल्लेखनीय रूपमा बढाएको जनाइएको छ । 

किएभको उत्तरपूर्वी ब्रोभरी जिल्लामा भएको रूसी आक्रमणमा पीडितहरूको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले टेलिग्राम मार्फत बताए ।

आक्रमणका कारण खसेको भग्नावशेषले घर तथा सवारी साधनमा क्षति पुगेको र गैर आवासीय भवनमा आगलागी भएको उनले बताए । 

युक्रेनको आपतकालीन सेवाले पुखिभ्का गाउँमा भएको  रूसी आक्रमणले  एउटा दुई तले घर र दुई वटा कार क्षतिग्रस्त हुनुका साथै गोदाममा आगलागी भएको उल्लेख गर्दै आगो बलिरहेको भवनको फोटो सार्वाजनिक गरेको छ ।

युक्रेनको वायुसेनाले उत्तरबाट ब्यालेस्टिक हतियार प्रयोगको खतरा बारे चेतावनी दिँदै गर्दा राजधानीमा विस्पोट भएको एएफपीले जनाएको छ । सहरमा रातभर भएको आक्रमणमा चार जना घाइते भएको किएभको सैन्य प्रशासनले टेलिग्राम मार्फत जनाएको छ ।

आक्रमणमा ब्यालेस्टिक मिसाइलको प्रयोगका कारण किएभमा हवाई आक्रमणको चेतावनी घोषणा गरिएको छ भने स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  १२ : ३३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल