जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव « Khabarhub

जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र २४ गतेका घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष र उच्चस्तरीय न्यायिक छानबिन अपरिहार्य रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले स्वार्थी समूहहरूले जेन्जी को भावनामाथि खेलेर सत्य ढाकछोप गरिरहेको आरोप लगाएका हुन्।

भाद्र २३ को घटनालाई नेपालको इतिहासकै अत्यन्तै दुःखद र कालो दिनका रूपमा टिप्पणी गर्दै उनले गैर-जेन्जी समूह, ‘टिओबी’ र ‘हामी नेपाल’ जस्ता समूहहरूले भिडलाई उत्तेजित बनाएको दाबी गरेका छन्। यस्तै, केही राजनीतिक नेतृत्व, चर्चित व्यक्तित्व र भूराजनीतिक चलखेलका कारण स्थिति भड्किएको उनको तर्क छ।

नवयुवामाथि गोली चलाइनु र उनीहरूको ज्यान जानु क्षमाहीन दुःखद विषय भएको उल्लेख गर्दै पोखरेलले घटनाको आडमा भाद्र २४ गते भएका उपद्रव महिनौँदेखिको योजनाबद्ध षड्यन्त्रको परिणाम भएकोबताएका हुन् । हाल जेन्जीका नाममा गैर-जेन्जीकै हुकुम चलिरहेको भन्दै उनले न्यायिक छानबिनपछि मात्र पीडितले वास्तविक न्याय पाउने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १० : १५ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका