कष्ट पछिको खुसी– मुगुका अग्निपीडितलाई १ वर्ष पछि नयाँ घर « Khabarhub

कष्ट पछिको खुसी– मुगुका अग्निपीडितलाई १ वर्ष पछि नयाँ घर


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– एक वर्षदेखि त्रिपालमा बस्दै आएका मुगुमकार्मारोङ्ग गाँउपालिका–४ किम्री गाउँका १९ घरधुरीका आगलागी पीडितलाई नयाँ घर हस्तान्तरण गरिएपछि उनीहरुको मुहारमा खुशी फर्किएको छ ।

किम्री गाउँका ५३ घरधुरीमध्ये १९ घरमा अघिल्लो वर्ष वैशाख २० गते भएको आगलागीबाट घरसहित अन्नबाली र धन सम्पति पूर्णरूपले क्षति भएको थियो । एक वर्षसम्म खुला आकाशमुनि त्रिपालमा कष्टकर रुपमा हिउँद र वर्षा काटेका आगलागी पीडितलाई गत शनिबार नवनिर्मित घर हस्तान्तरण गरिएको हो ।

वडाध्यक्ष छिरिङ टासी लामाको घरबाट सल्केको आगोले सँगै जोडिएका १९ घर पूर्णरूपले क्षति भएपछि उनीहरुको नयाँ घर निर्माण गर्ने जिम्मा ब्याक टु लाइभको आर्थिक सहयोगमा मानवअधिकार तथा वातावरण विकास केन्द्र (हिरेन्डेक)ले जिम्मा लिएको थियो । १ करोड २२ लाख ५५ हजारमा शौचालयसहित ढुङ्गा र काठद्वारा निर्मित १९ घर हस्तान्तरण गरिएको हिरेन्डेक नेपालका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

गएको मङ्सिर २६ गतेबाट घर निर्माण कार्य शुरु गरिएको थियो । ती घर ६ महिनामा निर्माण गरी पीडित घरधुरीलाई हस्तान्तरण गर्ने लक्ष्य भए पनि हिमपात र स्थानीयवासीहरु जडीबुटी तथा यार्सागुम्बा सङ्कलनमा गएकाले निर्माणमा ढिलाइ भएको हो । एक वर्षमा घर र शौचालय निर्माण गरेर सबै पीडितले नयाँ घर पाएको वडाध्यक्ष लामाले बताए ।

एक वर्षसम्म हिउँदको चिसो र वर्षाको पानीले ९६ अग्निपीडित परिवार दैनिक कष्टकर जीवन बिताउन बाध्य भएका थिए । ‘शनिबारदेखि नयाँ घर पाएका छौँ, अब गाँउको लामा गुरुबाट घरको पूजा गरेर केही दिनमै नयाँ घरमा सर्ने योजना छ,’ अग्निपीडित जेक्टोल लामाले भने ।

आगलागी भएलगत्तै हेलिकप्टरद्वारा घटनास्थल पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगलागीबाट पूर्णरूपले क्षति भएका १९ वटै घरलाई कर्णाली प्रदेश सरकारले निर्माण गरिदिने पीडितलाई आश्वासन दिएका थिए ।

मङ्सिरसम्म प्रदेश सरकारले घर निर्माणका लागि कुनै पहल नगरेपछि हिरेन्डेक नामक गैर सरकारी संस्थाले घर निर्माण गरेको पीडितले बताए ।

गाउँमा अग्निपीडितले घर पाएको भए पनि पूरै गाँउलाई खानेपानीको समस्या रहेको छ । स्थानीयवासीहरुले घर हस्तान्तरणमा कार्यक्रममा पुगेका प्रदेशसभा सदस्य दानसिंह परियारलाई प्रदेश सरकारले गाउँमा खानेपानीको व्यवस्था गरिदिन आग्रह गरेका थिए । सांसद परियारले खानेपानीको समस्या समाधान गर्न पहल गर्ने गाउँलेलाई आश्वासन दिएका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : १२ बजे

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी

खडेरी चिर्दै जलवायुमैत्री खेती: फेरिँदै किसानको जीवनस्तर

सिरहा– केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।