पूर्वराजाले केकीलाई भने– म तपाईंलाई चिन्छु, फिल्म पनि हेरेको छु « Khabarhub

पूर्वराजाले केकीलाई भने– म तपाईंलाई चिन्छु, फिल्म पनि हेरेको छु


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिवार राति राजधानीको ठमेलस्थित एलओडी रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र शाह र हिमानी राज्यलक्ष्मी शाह नाचेको दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । पूर्वराजा ज्ञानेन्द्र, हिमानी लगायत राजधानीको एलओडी पुगेका थिए । पूर्वराजपरिवारले त्यहाँ झण्डै २ घण्टा बिताएका थिए ।

संयोगवश कमेडी च्याम्पियनका लागि केकी अधिकारी, रीमा विश्वकर्मा लगायत पनि त्यहीँ पुगेका थिए । उनीहरूले ज्ञानेन्द्र, हिमानी लगायत अन्यसँग तस्वीर खिचाएका थिए ।

पूर्वराजा आउने खबर पाएपछि केकी लगायत अन्य कलाकार ज्ञानेन्द्रलाई कुरेर बसेका थिए । एलओडीमा ज्ञानेन्द्र, हिमानी आएपछि त्यहाँको माहोल नै परिवर्तन भएको केकीले बताइन् ।

सञ्चालकले कलाकारका रुपमा केकीको परिचय गराउन खोज्दा पूर्वराजा ज्ञानेन्द्रले ‘चिन्छु’ भनेको केकीले बताइन् । ‘पूर्वराजाले उहाँलाई म चिन्छु, फिल्म पनि हेरेको छु, भन्नुभयो, मलाई त कस्तो प्राउड फिल भयो,’ केकीले भनिन् ।

एलओडीमा अर्की नायिका पूजा शर्मा पनि पुगेकी थिइन् । उनले पनि पूर्वराजा र हिमानीसँग खिचाएका तस्वीरहरु सामाजिक सञ्जालमा शनिवार नै अपलोड गरेकी थिइन् ।

यता केकी, रीमा लगायतको टीम पूर्वराजपरिवारसँग भेट गर्न पाउँदा खुशी देखिन्थ्यो । पूर्वराजा र हिमानीले एलओडीमा आएका दर्शकसँग पनि साक्षात्मक गरेका थिए । उनी एलओडीमा ‘ह्याप्पी’ मुडमा देखिएका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : ५५ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने