पर्सामा वन रक्षक र काठ तस्करबीच गोली हानाहान « Khabarhub

पर्सामा वन रक्षक र काठ तस्करबीच गोली हानाहान


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सामा काठ तस्कर र गस्तीमा रहेको वन रक्षकको टोलीबीच गोली हानाहान भएको छ ।

डिभिजनल वन कार्यालय पर्सा मातहत रहेको (राष्ट्रिय वन क्षेत्र) वर्मीनार र मनवाको क्षेत्रमा तस्कर र गस्ती टोलीबीच गोली हानाहान भएको हो ।

डिभिजनल वन कार्यालय पर्साका सूचना अधिकारी वशिष्टनारायण कुर्मीले गस्तीमा रहेको वन रक्षकको टोली र तस्करहरुबीच गोली हानाहान भएको बताए ।

‘वन क्षेत्रबाट काठ तस्करी भइरहेको भन्ने सूचनाका आधारमा हाम्रो गस्ती टोली परिचालन भएको थियो,’ डिभिजनल वन कार्यालय सूचना अधिकारी कुर्मीले भने, ‘हाम्रो टोलीसँग जम्काभेट भएपछि तस्करहरुले नै २ राउण्ड गोली हाने । हाम्रो तर्फबाट पनि ३ राउण्ड जवाफी फायरिङ भयो ।’

सोमबार बिहान करिब २ बजेरित गोली हानाहान भएपनि तस्करहरु भने भाग्न सफल भएका छन् ।

गस्तीमा रहेको वन रक्षकको टोलीले तस्करी गरेर ओसार्न लागिएको ४ गोलीया सालको काठ, ४ वटा साइकल र काठ चिर्न प्रयोग भएका २ वटा आरा बरामद गरेको छ ।

तस्करहरुको खोजीका लागि वन रक्षकको गस्ती टोली परिचालन भएको कुर्मीले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : ४९ बजे

वैभव सूर्यवंशीले तोडे क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदराबाद

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

इजरायल र हिजबुल्लाहबीच दक्षिण लेबनानमा झडप, १२ जनाको मृत्यु

बेरुत – इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच दक्षिण लेबनानको

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं– सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा