पर्सामा वन रक्षक र काठ तस्करबीच गोली हानाहान « Khabarhub

पर्सामा वन रक्षक र काठ तस्करबीच गोली हानाहान


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सामा काठ तस्कर र गस्तीमा रहेको वन रक्षकको टोलीबीच गोली हानाहान भएको छ ।

डिभिजनल वन कार्यालय पर्सा मातहत रहेको (राष्ट्रिय वन क्षेत्र) वर्मीनार र मनवाको क्षेत्रमा तस्कर र गस्ती टोलीबीच गोली हानाहान भएको हो ।

डिभिजनल वन कार्यालय पर्साका सूचना अधिकारी वशिष्टनारायण कुर्मीले गस्तीमा रहेको वन रक्षकको टोली र तस्करहरुबीच गोली हानाहान भएको बताए ।

‘वन क्षेत्रबाट काठ तस्करी भइरहेको भन्ने सूचनाका आधारमा हाम्रो गस्ती टोली परिचालन भएको थियो,’ डिभिजनल वन कार्यालय सूचना अधिकारी कुर्मीले भने, ‘हाम्रो टोलीसँग जम्काभेट भएपछि तस्करहरुले नै २ राउण्ड गोली हाने । हाम्रो तर्फबाट पनि ३ राउण्ड जवाफी फायरिङ भयो ।’

सोमबार बिहान करिब २ बजेरित गोली हानाहान भएपनि तस्करहरु भने भाग्न सफल भएका छन् ।

गस्तीमा रहेको वन रक्षकको टोलीले तस्करी गरेर ओसार्न लागिएको ४ गोलीया सालको काठ, ४ वटा साइकल र काठ चिर्न प्रयोग भएका २ वटा आरा बरामद गरेको छ ।

तस्करहरुको खोजीका लागि वन रक्षकको गस्ती टोली परिचालन भएको कुर्मीले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : ४९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर