अवैध गुटखा उत्पान गरी बिक्री गर्नेविरुद्ध ३६ करोड राजश्व छलिको मुद्दा | Khabarhub Khabarhub

अवैध गुटखा उत्पान गरी बिक्री गर्नेविरुद्ध ३६ करोड राजश्व छलिको मुद्दा


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध रुपमा गुटखा उत्पादन गरी नक्कली अन्तशुल्कको प्रयोग गरी राजश्व छलि गर्ने ६ जनाविरुद्ध ३६ करोड ५५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट झापाको मेचीनगर नगरपालिका–१४ दर्ता ठेगाना भएको साकम्बरी प्रोडक्सले अवैध रुपमा गुटखा उत्पादन गर्ने गरेको भेटिएको हो ।

साकम्बरीले उत्पादन गरेको गुटखा माधव इन्टरप्राइजेज समेतको संलग्नतामा नक्कली अन्तशुल्क स्टिकर र भ्याट बिल समेत बनाइ बिक्री गर्ने गरेको भेटिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

विभागले नक्कली गुटखा उत्पादन गर्ने साकम्बरीका प्रोपाइटर मुकेश शर्मा र सुपरभाइजर विष्णुप्रसाद खरेल, अवैध गुटखा बिक्री वितरण गर्ने एसएस इन्टरप्राइजेजका प्रोप्राइटर रामकृष्ण शर्मा तथा सुपरभाइजर सदन सिंह र अवैध गुटखा बिक्री वितरणका लागि नक्कली विजक र छाप उपलब्ध गराउने माधव इन्टरप्राइजेजका प्रोप्राइटर सिताराम शर्मा तथा सवारी धनी आशिष शर्माविरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

विभागका अनुसार उनीहरुले अन्तशुल्कतर्फ ३१ करोड ५ लाख ३९ हजार ९ सय ५९, भ्याटतर्फ २ करोड ७९ लाख ९८ हजार ५ सय ६९, आयकरतर्फ २ करोड ३८ लाख ८३ हजार स्वास्थ्य जोखिम करतर्फ ३१ लाख ४१ हजार ७ सय ९१ गरी कूल ३६ करोड ३५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ राजश्व छलि गरेका हुन् ।

विभागले उनीहरुविरुद्ध ३६ करोड ५५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ बिगो तथा बिगोको दोब्बरसम्म जरिवाना र्र ३ वर्ष कैद सजायको समेत मागदाबी गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : ३७ बजे

अझै कायम छ ‘कटुवाल प्रथा’

लमजुङ– प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी