रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’ « Khabarhub

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान पारस खड्काले राष्ट्रिय टोलीका निवर्तमान कप्तान रोहित पौडेलको नेतृत्व क्षमता र योगदानको उच्च प्रशंसा गरेका छन्।

रोहितको कप्तानी यात्रालाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पारसले सिंगो देशको आशालाई आत्मसात् गर्दै गर्व, अदम्य साहस र दृढ संकल्पका साथ टोलीको नेतृत्व गरेकोमा धन्यवाद व्यक्त गरेका हुन्।

“अत्यन्तै चुनौतीपूर्ण समयमा पनि तिमीले टोलीलाई अभूतपूर्व उचाइमा पुर्‍यायौँ,” पारसले लेखेका छन्, “मैदानभित्र र बाहिर एक सिङ्गो पुस्तालाई प्रेरित गर्न तिमी सफल भएका छौँ।”

पारसले कप्तानका रूपमा रोहितले हासिल गरेका उपलब्धि, उनको उत्कृष्ट नेतृत्व र उनले छाडेको विरासतप्रति आफूलाई गर्व लागेको बताएका छन्। साथै, कप्तानको जिम्मेवारीबाट अलग भए पनि नेपाली क्रिकेटलाई रोहितको योगदानको निरन्तर आवश्यकता रहने र उनले आगामी दिनमा पनि त्यसरी नै देशको नाम उच्च राख्ने विश्वास पारसले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ९ : १६ बजे

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम

झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं– चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र