कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा « Khabarhub

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ ।

यसअघि दलित, अपाङ्गता भएका तथा अशक्त नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको गाउँपालिकाले यस वर्षदेखि भने सबै नागरिकको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अघि बढाएको हो । गाउँपालिकाले स्वास्थ्य बीमाका लागि ९० लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार अन्नपूर्ण गाउँपालिकामा करिब ६ हजार ५०० घरधुरी छन् । सबै नागरिकको स्वास्थ्य बीमा गर्न विनियोजित बजेट अपुग भए आवश्यकताअनुसार थप बजेटको व्यवस्था गरिने उनको भनाइ छ ।

‘संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्नु राज्यको दायित्व हो । सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले न्यून आय भएका परिवारलाई समयमै उपचार सेवा लिन सहज बनाउनुका साथै उपचारमा हुने आर्थिक भारसमेत कम गर्नेछ’, अध्यक्ष केसीले भने । विकासका पूर्वाधारसँग मानवीय स्वास्थ्यलाई समेत ध्यान दिएर यो कार्यक्रम कार्यान्वयन गरिएको उनले बताए ।

गाउँपालिकाले स्वास्थ्य बिमासँगै पालिकाभित्रको अन्नपूर्ण आधारभूत अस्पताललाई थप सुविधासम्पन्न बनाउने तयारी पनि गरेको छ । अस्पतालमा चिकित्सकको उपलब्धता बढाउनुका साथै विभिन्न स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण विस्तार गर्दै लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए ।

गाउँपालिकाले अन्नपूर्ण आधारभूत अस्पताललाई स्थानीय नागरिकको स्वास्थ्य उपचारको पहिलो सेवा बिन्दुका रूपमा विकास गर्ने नीति लिएको छ । अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बीमासँगै आधारभूत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ९ : २३ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब