संसद् बैठकअघि सभामुखले भेटे प्रधानमन्त्रीलाई « Khabarhub

संसद् बैठकअघि सभामुखले भेटे प्रधानमन्त्रीलाई


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर सभामुख अर्यालले प्रधानमन्त्रीसँग करिब ३५ मिनेट वार्ता गरेका हुन् ।

प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरोध गरिरहेका बेला सदन सञ्चालन सहज बनाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल भएको बताइएको छ। भेटवार्तामा जारी बर्खे अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने, संसद्मा आवश्यक बिजनेस दिने तथा सदनको अवरोध अन्त्य गर्ने उपायबारे छलफल भएको पनि सचिवालयले जनाएको छ।

गत जेठ १७ गते प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको भूभाग मिचेको उल्लेख गर्दै अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरूले त्यसको विरोध गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री शाह सदनप्रति उत्तरदायी नभएको र संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर आफ्ना अभिव्यक्तिबारे जवाफ दिनुपर्ने मागसमेत गर्दै आएका छन्।

प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउने जिम्मेवारी सभामुखको समेत भएको भन्दै प्रतिपक्षी दलहरूले सभामुख अर्यालको भूमिकामाथि पनि प्रश्न उठाउँदै आएका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १ : २२ बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ