‘अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’ « Khabarhub

‘अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार काठमाडौं आउँदैछन् । गत फागुन १४ गते देश छाडेर सिंगापुर पुगेका उनी चैतदेखि हङकङमा बसेर नेपाल आउन लागेका हुन्।

परिवारसहित हङकङमा रहेका उनी बिहीबार एक्लै आउन लागेका हुन्। कांग्रेस नेता डा. प्रकाशशरण महतले देउवा एक्लै नेपाल आउन लागेको बताएका छन्।

उनले अहिले आफूहरूलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको आवश्यकता रहेको बताएका छन्। यही साउन २९ गतेदेखि ३१ गतेसम्म कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला गर्दैछ । उक्त भेलालाई देउवा सम्मले गर्न लागेको राष्ट्रिय भेलामा सम्बोधन गर्न विदेशबाट नेपाल आउन लागेका देउबा उनको परिवार भने उपस्थित नहुने भएको छ।

देउवाकी श्रीमती तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनका छोरा जयवीर भने नेपाल नआउने भएका छन्। परिवारसहित देउवा फर्किने भनिए पनि अहिलेलाई उनी एक्लै आउँदैछन्।

गत भदौ २३ र २४ को आन्दोलनमा देउवा दम्पतीलाई आन्दोलनकारीले नराम्रोसँग कुटेका थिए। त्यसपछि देश छाडेका देउवा शुक्रबार नेपाल आउन लागेका हुन्।

‘अहिलेलाई शेरबहादुर दाइको मात्रै आवश्यकता छ। भाउजु बिस्तारै आउनुहोला’, नेता महतले भने, ‘दाइले आएर कांग्रेसको राजनीति सुधार्नुहुन्छ भन्ने अपेक्षा राखेका छौँ।’

देउवा फेरि राजनीतिमा सक्रिय हुन लागेका हुन् भन्ने प्रश्नमा महत साउन २९ गतेको सम्बोधनपछि सबै कुरा छर्लङ्ग हुने जवाफ दिएका छन्।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  २ : १७ बजे

कांग्रेस कोशी सरकारबाट बाहिरिँदै, चार मन्त्रीसहित राज्यमन्त्रीले आजै राजीनामा दिने

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कांग्रेसका

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सुर्खेत- सर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली– चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार,