चान–होम चक्रवात पूर्वी जापानमा अवतरण « Khabarhub

चान–होम चक्रवात पूर्वी जापानमा अवतरण


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा बुधवार अवतरण गरेको जापानको मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।

जापानमा चान–होम उल्लेखनीय रूपमा कमजोर भएको समयमा पनि मौसम विज्ञान विभागले यसको लामो प्रभावका कारण उत्तरपूर्वको तोहोकु क्षेत्र र टोकियो लगायत कान्टो–कोसिन क्षेत्रका नदीहरूमा सम्भावित बाढीको चेतावनी जारी गरेको छ ।

यस वर्षको १५ औँ टाइफुन, पूर्वबाट पश्चिममा सर्दै टोकियोको उत्तरपूर्वको इबाराकी प्रान्तमा अवतरण गर्ने पहिलो चक्रवात भएको जेएमएले जनाएको छ । 
 
 चक्रवातका कारण उत्तरपूर्वी जापानको इवाटे प्रान्तमा दुई जना, साथै इबाराकी प्रान्तमा चार जना र तोचिगी प्रान्तमा एक जना गरी सात जना घाइते भएको जिजी प्रेसले बुधबार आगो र प्रकोप व्यवस्थापन विभागलाई उदृत गर्दै रिपोर्ट गरेको छ ।

मौसम अधिकारीहरूले तोहोकु, टोकाईको मध्य क्षेत्र र पश्चिममा किन्की क्षेत्रमा २४ घण्टामा १२० मिमी सम्म वर्षा हुने पूर्वानुमान गरेका छन् ।
 

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  २ : ३९ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ