युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै « Khabarhub

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ’युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन् ।  

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय युवा परिषद्, ७५३ वटै स्थानीय तहका रोजगार सीप तथा उद्यमशीलता सेवा केन्द्रहरू, र युवा तथा साना व्यवसायी स्वरोजगार कोष लगायतका संयन्त्रहरूलाई आबद्ध गरेर ’युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका हुन् । 

उनले युवाहरूको सीप, क्षमता तथा सिर्जनशीलतालाई देश निर्माणमा जोड्नु सरकारको प्राथमिकता भएको धारणा राखे । 

युवाहरू देशको भविष्य मात्र नभई वर्तमान पनि भएकाले निर्णय प्रक्रिया, नेतृत्व र देश विकासको यात्रामा युवाहरूलाई अग्रस्थानमा राख्नुपर्नेमा उनले जोड दिए ।

युवा नेतृत्वको उच्च सम्मान गर्दै राष्ट्रिय युवा ऐनको विधेयकमा ३५ वर्षमुनिका युवालाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष बनाउनुपर्ने नयाँ व्यवस्था प्रस्ताव गरिएको उनले जानकारी दिए । 

मन्त्री यादवले युवाले अवसर खोज्न एउटा कार्यालयबाट अर्को कार्यालय धाउन पर्ने अवस्थालाई अन्त्य गरेरै छाड्ने प्रतिवद्धता जनाए । 

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ३ : २५ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर