भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता « Khabarhub

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता भएका छन्।

लु १ ज ३०२२ नम्बरको जिप बालुवासङ्ग्रहीबाट सल्लिवजारतर्फ जाँदै गर्दा लहरेबगर नजिकै अनियन्त्रित भई भेरी नदीमा खसेको हो।

दुर्घटनालगत्तै जिप नदीमा खसेपछि गाडीसहित चालक र अन्य एक जना बेपत्ता भएको बताइएको छ। जिपमा सवार अन्य दुई जना भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएका छन्।

उक्त जिप नियमित रूपमा सल्लिवजार, खैरागार, सागिने र खार्वन रुटमा सञ्चालन हुँदै आएको थियो। चालक काम विशेषले बालुवासङ्ग्रही पुगेपछि पुनः सल्लिवजारतर्फ फर्कँदै गर्दा दुर्घटना भएको बताइएको छ।

बेपत्ता चालक र अर्का यात्रुको खोजी भइरहेको छ। घटनाको थप विवरण संकलन गर्ने कामसमेत भइरहेको जनाइएको छ।

तस्बिर : इन्द्रबहादुर बुढाथोकी

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ३ : ३९ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर