सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु « Khabarhub

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार साँझ टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मानेश्वराबाट बाह्रबिसेसम्म् आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड टिपर साँझ करिब ६:५० बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। काभ्रेको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएको उक्त टिपर अनियन्त्रित भएपछि टिपरमा सवार स्थानीय २९ वर्षीय राजु लामाले सडक छेउतर्फ हाम फालेका थिए। त्यसक्रममा पल्टिएको टिपरले च्यापिँदा उनी गम्भीर घाइते भएका हुन्।

घटनालगत्तै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले लामाको उद्धार गरी नगर अस्पताल बाह्रबिसे पठाएको थियो। उपचारका क्रममा साँझ ७:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टम पश्चात् मृतकका बुवा हिराबहादुर तामाङलाई जिम्मा लगाइएको छ। दुर्घटनामा संलग्न टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १० : ०२ बजे

एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने

काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ

देउवा आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने भएपछि विमानस्थलमा

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं– कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता

प्युठानमा पाँच जनाको बेवारिसे शव फेला

काठमाडौँ – प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका खोलाका किनारमा

प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली