४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल « Khabarhub

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ। उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राखेर कडाइ गरेपछि करोडौँ रुपैयाँ असुली भएको हो।

वर्षौँदेखि राज्यलाई तिर्नुपर्ने रकम नतिरी बसेका उद्योग तथा संस्थाबाट बक्यौता असुल गर्न मन्त्री यादवले कडा निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र पारिएको मन्त्रालयले जनाएको छ।

यसैक्रममा कन्टिनेन्टलबाट ४ करोड ११ लाख ९३ हजार ६८९ रुपैयाँ ७५ पैसा बक्यौता असुल भएको छ। यससँगै हालसम्म उद्योगहरूको बक्यौता बापत कुल ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ २७ पैसा राज्यको कोषमा दाखिला भइसकेको छ।

बक्यौता असुलीसँगै लामो समयदेखि रोकिएका उद्योग सञ्चालनलाई सहज बनाउने प्रक्रियासमेत अघि बढाइएको छ। बक्यौता बुझाएपछि थप एक उद्योगको विद्युत् लाइन पुनः जडान गरिएको छ। तर, विद्युत् महसुल बक्यौता नतिरेका कारण हालसम्म १६ वटा उद्योगको विद्युत् लाइन भने काटिएकै अवस्थामा रहेको छ।

वर्षौँदेखि अलपत्र रहेको राज्यको बक्यौता उठाउने अभियानले गति लिएसँगै सरकारी राजस्व असुलीमा समेत सकारात्मक प्रभाव परेको छ। मन्त्रालयले बाँकी रहेका अन्य उद्योगबाट पनि बक्यौता असुलीलाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ११ : ०० बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६