नेपाल इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो « Khabarhub

नेपाल इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार समूह चरणको अन्तिम खेलमा भारतले हङकङलाई १ सय २० रनले पराजित गरेसँगै नेपाल बाहिरिएको हो ।

यदि हङकङले भारतलाई पराजित गरेको खण्डमा नेपाल नेट रन रेटको आधारमा अघिल्लो चरणमा पुग्न सक्ने सम्भावना रहेको थियो । भारतको जितसँगै नेपाल समूहचरणबाटै बाहिरिएको हो।

ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा भारतले दिएको ३ सय २२ रनको फराकिलो लक्ष्य पछ्याएको हङकङ ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियोएको थियो ।

यस समूहमा ३ खेलमा ६ अंक जोडेर बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ । नेपालसँगै हङकङ पनि प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा नेपालले एक जित निकाल्यो । ३ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा रह्यो । समूह चरणको सबै खेल गुमाएको हङकङ भने अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको हो ।

नेपाली टोली भोलि (मंगलबार) स्वदेश फर्किने भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ८ : १२ बजे

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक