अहिले नेपाली कांग्रेसको आधिकारिकता जहाँ छ, त्यहाँ शरीर मात्रै छ, आत्मा छैन : डा महत « Khabarhub

अहिले नेपाली कांग्रेसको आधिकारिकता जहाँ छ, त्यहाँ शरीर मात्रै छ, आत्मा छैन : डा महत


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले अहिले वैधानिकता प्राप्त गरेको कांग्रेससँग वास्तविक नेपाली कांग्रेसको आत्मा नभएको बताएका छन् । आज कांग्रेसको असन्तुष्ट पक्षले राजधानीमा आयोजना गरेको भेलामा बोल्दै डा महतले यस्तो बताएका हुन् ।

‘पार्टीको मूल मर्म र भावनालाई प्रतिनिधित्व गर्ने नेता र देशैभरीबाट साथीहरू यहाँ हुनुहुन्छ, उनीहरू हामीलाई चाहिँदैन, हामी एक्लै हाँक्छौँ भन्ने मानसिकता हावी भयो, त्यसले गर्दा सहमति हुन सकेन, त्यसमा हाम्रो कुनै दोष छैन, त्यसपछि हामीले यो राष्ट्रिय भेलाको आयोजना गर्‍यौँ’, उनले भने, ‘नेपाली कांग्रेसको अहिलेसम्म आधिकारिता अहिलेसम्म जहाँ छ, त्यसमा नेपाली कांग्रेसको आत्मा छैन, शरीर मात्रै छ, आत्मालाई जर्बजस्ती त्यो शरिरबाट धकेलेर निकालियो ।’

उनले आत्मासहितको नेपाली कांग्रेसको आवश्यकता भएको र त्यसकै लागि आफूहरूले अहिलेको राष्ट्रिय भेलाको आयोजना गरेको बताए । साथै, उनले आफूहरू राष्ट्रवादी, लोकतन्त्रवादी र समाजवादी शक्ति भएकोले पनि अहिलेको राष्ट्रिय भेलाको आयोजना गरेको दाबी गरे । अहिलेको राष्ट्रिय भेला आयोजक पक्षले पार्टी विभाजन गर्न नखोजेको पनि उनले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ५ : ५५ बजे

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।