देउवा पक्षको भेलामा कांग्रेस सांसदको उपस्थिति शून्य « Khabarhub

देउवा पक्षको भेलामा कांग्रेस सांसदको उपस्थिति शून्य


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर शेरबहादुर देउवा पक्षले आयोजना गरेको भेलामा प्रतिनिधि सभाका कोही पनि सदस्य उपस्थित नभएको पाइएको छ । त्यहाँ उपस्थित हुने नेताहरूलाई गराइएको आसन ग्रहण र उपस्थितिमा कोही पनि सांसद छैनन् ।

पार्टी सचेतक निष्कल राईलाई यसबारे सोध्दा आफूहरुलाई जानकारी नभएको र कुनै पनि माननीयहरू राष्ट्रिय भेलामा सामेल भएको बारे संसदीय दललाई थाहा नभएको बताउँछन् ।

‘हामी कोही पनि सामेल भएजस्तो मलाई जानकारी छैन । नजानु भनेर उर्दी जारी गरिएको पनि थिएन ।’ राईले भने, ‘भेला गर्ने र भेलामा सहभागी हुने नेताहरूलाई विभाजन होइन एकतामा लागौँ भन्ने सुझाव दिन चाहन्छु । नीति, सिद्धान्त र विधि सबैले मान्नुपर्छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गर्दै पार्टी एकतामा लागौँ ।’

शेरबहादुर देउवा नेपाल फर्किएकोमा निष्कलले खुसी व्यक्त गरे । उनले फागुन २१ को निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ६ : ३० बजे

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।