पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा « Khabarhub

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र विधिको सर्वोच्चता कायम रहने बताएका छन् ।

उनले पार्टीभित्र देखिएका विवाद वा असहमतिलाई लिएर पार्टी विभाजन हुने निष्कर्षमा पुग्न हतार गर्न नहुने धारणा राखे। पार्टीका विषयमा निर्णय प्रक्रिया विधि र कानुनी व्यवस्थाअनुसार अघि बढ्ने उनको भनाइ थियो।

राजनीतिमा आधिकारिक निर्णय गर्ने अधिकार सम्बन्धित संवैधानिक तथा कानुनी निकायसँग मात्र रहने उल्लेख गर्दै उपसभापति शर्माले त्यसबाहेकका टिप्पणी वा दाबीलाई अन्तिम निर्णयका रूपमा लिन नहुने बताए।

उनले खेलको उदाहरण दिँदै मैदानमा पहेँलो वा रातो कार्ड देखाउने अधिकार दर्शकलाई नभई रेफ्रीलाई मात्र हुने बताए। त्यसैगरी राजनीतिमा पनि आधिकारिक निर्णय लिने वा ‘कार्ड’ देखाउने अधिकार निर्वाचन आयोग र सर्वोच्च अदालतलाई मात्र रहेको उनको तर्क थियो।

पार्टीभित्रको अवस्थालाई लिएर विभिन्न आशंका र अड्कलबाजी भइरहे पनि विधि, विधान र कानुनी प्रक्रियालाई सर्वोच्च मान्दै अघि बढ्ने उनले स्पष्ट पारे। 

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  २ : ०८ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक