रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी « Khabarhub

रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताएका छन् । दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनुमा आफूलाई गर्व लागेको उनले बताएका हुन् ।

आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार, कोरियाली ‘मुक्ति दिवस’को ८१औँ वार्षिकोत्सवका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पठाएको शुभकामना सन्देशको जवाफ दिँदै किमले शनिबार यस्तो धारणा व्यक्त गरेका हुन् । 

किमले पुटिनको नेतृत्वमा रुसी सेना र जनताले आफ्नो सार्वभौमिकता, सुरक्षा हित तथा क्षेत्रीय अखण्डताको रक्षा गर्दै शक्तिशाली रुस निर्माणको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरेका छन्  । उनले रुसी राष्ट्रपतिको कार्यकालमा थप सफलताको कामनासमेत गरे ।

उत्तर कोरियाले सन् १९४५ अगस्त १५ मा जापानी औपनिवेशिक शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्त १५ लाई ‘मुक्ति दिवस’का रूपमा मनाउँदै आएको छ । रासस
 

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १ : ३३ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६