लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै « Khabarhub

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल बैतडी पुगेपछि बिरामी परेका छन्।

दार्चुलाको भ्रमण सकेर बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाखोकीको संक्रमण देखिएको हो।

शनिबार साँझ आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका मन्त्री लम्साल गोठलापानीस्थित ‘निवास हेरिटेज होटल’मा बसिरहेका बेला बिरामी परेका हुन्।

बिरामी भएपछि आइतबार बिहान जिल्ला अस्पताल बैतडीका एमडीजीपी डा. पविन उपाध्यायले स्वास्थ्य परीक्षण गरे। परीक्षणका क्रममा मौसम परिवर्तन, निरन्तरको दौडधूप र अनिद्राका कारण भाइरल ज्वरो र रुघाखोकी देखिएको हो।

मन्त्री लम्सालको अवस्था केही गम्भीर देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लाने तयारी भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन्।

मन्त्री लम्साल बिरामी भएपछि सुदूरपश्चिम भ्रमणका पूर्वनिर्धारित अन्य कार्यक्रम प्रभावित भएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा सरकारी निकायका प्रमुखहरूसँग बैठक गरे बझाङ जाने उनको कार्यक्रम थियो। तर स्वास्थ्यमा समस्या देखिएपछि बै कार्यक्रम स्थगित भएका छन्।

लम्साललाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ। शुक्रबार विमानमार्फत धनगढी पुगेका मन्त्री लम्सालले डोटीको बीपीनगर पुगेर धनगढी–दिपायल द्रूतमार्गको अवलोकन गरेका थिए।

त्यसपछि उनी आफैँ गाडी चलाएर दार्चुला पुगेका थिए। दार्चुलामा महाकाली करिडोर तथा जिल्ला अस्पतालको भौतिक संरचनाको निरीक्षण सकेर उनी शनिबार साँझ बैतडी पुगे । मन्त्री लम्सालको भ्रमण टोलीमा सचिव गोपालप्रसाद सिग्देलसहित छन्।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ५ : ४१ बजे

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल