हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त « Khabarhub

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित योजनाबारे छलफल गर्न आफ्नो नेतालाई इजिप्ट पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार ज्यारेड कुशनरको विमान अवतरण हुनुअघि काएरो अहिले नयाँ विकल्पहरूको खोजीमा व्यस्त बनेको छ ।

कूटनीतिक प्रयासका पछाडि गाजामा आक्रमण कहिल्यै पूर्ण रूपमा रोकिएको छैन । हमासका राजनीतिक प्रमुख खालिल अल–हय्या इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न काएरो भ्रमणमा छन् । यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जरेड कुशनरको मध्यपूर्व भ्रमणअघि भएको हो।

जुलाईको अन्त्यमा हमासको नेतृत्व सम्हालेपछि अल–हय्याको यो पहिलो इजिप्ट भ्रमण हो। उनले आइतबार बिहान इजिप्टका गुप्तचर प्रमुख हसन रशादसँग भेट्ने हमास निकट स्रोतले बताएका छन् । अमेरिकी कुटनीतिज्ञ कुशनरले आगामी हप्ता इजरायल र इजिप्टको भ्रमण गर्नेछन् । उनको लक्ष्य इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अस्वीकार गरेको गाजा योजनामा देखिएको मतभेद कम गर्नु हो ।

शान्ति बोर्डका गाजाका लागि उच्च प्रतिनिधि निकोलाइ म्लादेनोभले पनि भ्रमणमा कुश्नरलाई साथ दिन्छन् । यो भ्रमण नेतन्याहुले १५ बुँदे योजनालाई सार्वजनिक रूपमा अस्वीकार गरेपछि भएको हो। उक्त योजनाअनुसार हमासले आफ्ना हतियार नयाँ प्यालेस्टिनी शासन समितिलाई बुझाउने सहमति जनाएको थियो। हमासका राजनीतिक ब्युरो सदस्य बासेम नैमले शुक्रबार भने, “हमासले अहिले मध्यस्थकर्ता र अमेरिकालाई पर्खिरहेको छ, ताकि नेतन्याहुको सरकारलाई रोडम्याप पालना गर्न दबाब परोस् ।”

–गाजामा इजरायली आक्रमण जारी–

गाजामा इजरायली आक्रमण रोकिएको छैन। शनिबार इजरायली गोलीबारीमा दुई प्यालेस्टिनी मारिए र १४ जना घाइते भए। इजरायली सेनाले गाजाका विभिन्न भागमा हवाई आक्रमण, तोपबाट गोलीबारी र घर भत्काउने कार्य गरेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत अक्टोबरमा युद्धविराम सुरु भएदेखि अहिलेसम्म इजरायली आक्रमणमा एक हजार २५० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । सन् २०२३ अक्टोबरदेखि इजरायली आक्रमणमा मारिएका व्यक्तिको कुल मृत्यु सङ्ख्या अहिलेसम्म ७३ हजार ३०० नाघिसकेको छ ।

–नेतन्याहुको अडान–

नेतन्याहुले गत आइतबार शान्ति बोर्डको योजना औपचारिक रूपमा अस्वीकार गरेका छन् । उनले भनेका थिए, “हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता हुने छैन।” इजरायली रक्षा मन्त्री इजरायल काट्जले यस हप्ता भने, “सेना लेबनान र सिरियाका कब्जा गरिएका सुरक्षा क्षेत्रमा पनि रहिरहनेछ ।”

उनले तीनै मोर्चामा इजरायली सैन्य उपस्थिति कायम राख्ने योजना रहेको पुष्टि गरे ।

–हमासमा अल–हय्याको भूमिका–

अमेरिकी राष्ट्रपति ट्रम्पले यस वर्षको जनवरीमा डाभोसमा विश्व आर्थिक मञ्चमा शान्ति समिति (बोर्ड अफ पिस) को घोषणा गरेका थिए । यसको उद्देश्य गाजाको कमजोर युद्धविराम पूर्ण रूपमा लागू भएपछि त्यसलाई व्यवस्थापन गर्नु हो ।

यसको अन्तिम संरचना अझै तय भएको छैन। अल–हय्याले विगतमा पनि युद्धविराम र बन्धक आदानप्रदान वार्तामा हमासको प्रतिनिधित्व गर्दै आउनुभएको थियो भने इस्तानबुलका अघिल्ला वार्ताहरूमा पनि उनी सक्रिय थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ५ : ४८ बजे

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल