खरका छाना विस्थापन गरिँदै | Khabarhub Khabarhub

खरका छाना विस्थापन गरिँदै


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- खरका छाना विस्थापित गर्ने भन्दै बागलुङ नगरपालिकाले विपन्न परिवारमा जस्तापाता वितरण अभियान थालेको छ । ‘जनता सुरक्षित आवास कार्यक्रम’ सञ्चालन गरेर नगरका १४ वटै वडामा खरका छाना विस्थापनको काम थालिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

कार्यक्रमअन्तर्गत खरका छाना रहेका परिवारका लागि नगरपालिकाले जस्तापाता निःशुल्क उपलब्ध गराउने भएको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर खरका छाना रहेका परिवारले जस्तापाता लिन प्रस्ताव आह्वान गरेको थियो । एक सय ६४ जनाले प्रस्ताव पेश गरेका नगरको महिला विकास शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीले बताए । यस वर्षका लागि विनियोजन भएको रु १५ लाख बजेटबाट ४० खरका छाना विस्थापित हुँदैछन् ।

नगरपालिकाले प्रस्ताव गरेका घरमा प्राविधिक खटाएर घरको अवस्था र आवश्यक जस्तापाताका विषयमा लगत सङ्कलन गरेको थियो । तत्कालै परिवर्तन गर्नुपर्ने घरको पहिचान गरेर पहिलो चरणमा जस्ता वितरण गरेको रेग्मीले बताए ।

सोमबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले खरका छाना भएका परिवारका लागि जस्तापाता हस्तान्तरण गरेको थियो । जस्तापाता हस्तान्तरण गर्दै प्रमुख पौडेलले गरीबीका कारण खरका छानामा बस्न बाध्य भएकालाई अनुदान दिएको बताए ।

यो वर्षको कार्यक्रममा जस्तापाता पाउनेमध्ये सबैभन्दा धेरैवडा नं ११ रायडाँडा र वडा नं १० भकुण्डेमा सात/सात परिवार छन् । वडा नं १४ नारायणस्थानमा एक परिवारले मात्रै यो वर्ष जस्तापाता पाउने तथ्याङ्क नगरपालिकामा छ । प्रस्ताव आह्वानका क्रममा कतिपय वैकल्पिक व्यवस्था भएका घरले समेत माग गरी फारम पठाएकाले स्थलगत अनुगमन गरेर घर पहिचान गरेर मात्रै जस्तापाता वितरण गर्न लागिएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ८ : २६ बजे

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको