मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै « Khabarhub

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट काठमाडौं ल्याइएको छ । उनलाई आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको हो ।

मन्त्री लम्सालको सचिवालयका अनुसार उनको अहिले वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ । लम्साल शनिबार दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका थिए। गोठालापानीस्थित हेरिटेज होटलमा बसेका बेला उनलाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल बैतडीका एमडीजीपी डा। पविन उपाध्याय आइतबार बिहान पौने ९ बजे मन्त्री बसेको होटलमै पुगेका थिए ।

डा। उपाध्यायका अनुसार लम्सालमा निद्रा अपुग भएको तथा मुटुको धड्कन बढेको समस्या देखिएको थियो । उनका अनुसार धनगढीको तुलनामा बैतडीको मौसम चिसो भएकाले शरीरले तापक्रममा भएको परिवर्तन सहज रूपमा समायोजन गर्न नसकेको हुनसक्छ।

स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार र स्वास्थ्य परीक्षणका लागि मन्त्री लम्साललाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। अहिले उनको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १० : ५३ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई