चम्सुरको साग खाँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा « Khabarhub

चम्सुरको साग खाँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चम्सुरको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदाजनक मानिन्छ । शुद्ध र हल्का मानिने चम्सुर व्रत बसेको बेलामा निकै उपयुक्त मानिन्छ । यो सागलाई निकै शुद्ध साग पनि भनिन्छ ।

निकै स्वादिलो हुने चम्सुरको खाँदा हाम्रो शरिरलाई फाइदा पुग्दछ । चिसो, रुघाखोकी, जिउ दुख्ने समस्या हुनेले चम्सुरको साग सेवन गर्दा फाइदा गर्छ ।

प्रचुर मात्रामा भिटामिन पाइने सागको सेवनले शरीरका विजातीय (काम नलाग्ने) पदार्थहरू हटाउँछ । त्यस्तै, शरीरमा मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर, दुबी भएमा हरियो रस या लेदो बनाएर औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।

बास्नादार चम्सुर मसलाको रूपमा पनि प्रयोग गरिन्छ । चम्सुरको दाना खिरमा हाली पकाएर खाँदा शक्ति बढाउँछ । यसले खाना पचाउन मद्दत गर्छ । गर्भाशयलाई उत्तेजना दिन्छ र रगत बढाउँछ ।

फाइदा

-चम्सुरको सेबनले चिसो, रुघाखोकी, जिउ दुख्ने समस्या भएकालाई फाइदाजनक छ ।
-यसमा प्रशस्त भिटामिन पाइने हुनाले गर्भवती महिलाको लागि पनि फाइदाजनक हुन्छ ।
-यदी शरिरमा मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर आएमा यसको रस बनाएर लगाउदा राम्रो हुन्छ ।
-यसको सेबन गर्नाले रगत बढाउन पनि सहयोग गर्छ ।
-चम्सुर खानाले खाना पचाउन सहयोग गर्छ । यसको सुप खानाले मुटुलाई धेरै फाइदा गर्छ ।
-यसमा भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइने हुनाले आँखाको ज्योति बढाउँछ । रतन्धो, मोती बिन्दुबाट बचाउँछ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ९ : १० बजे

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक

काभ्रेमा नौ ‘आपराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता

काभ्रेपलाञ्चोक– काभ्रे  जिल्ला अदालतमा नौ ‘आपराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

काठमाडौं- नेकपा एमालेका नेता वासुदेव घिमिरेले अध्यक्ष केपी शर्मा ओलीको

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर– पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको