किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम « Khabarhub

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

पालिकाले गाईपालन व्यवसायलाई प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले प्रतिगाई  १० हजार प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । उक्त प्रोत्साहन पाउन २०८३ साउन १ गतेदेखि २०८४ असार १५ गतेभित्र आफ्नो फार्म वा घरमा पालेको गाई पहिलोपटक ब्याएको हुनुपर्ने पालिकाले जनाएको छ । 

आर्थिक वर्ष २०८३-८४ को वार्षिक स्वीकृत पशुपन्छी विकास कार्यक्रमअन्तर्गत गाईको बाच्छी हुर्काउने किसानलाई प्रोत्साहन गर्न लागिएको सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए । 

त्यसैगरी, उन्नत जातका गाई, भैँसी तथा राँगो खरिद गरी व्यावसायिक रूपमा पशुपालन गर्न चाहने किसान, फार्म, समूह तथा सहकारीहरूलाई प्रतिपशु २५ हजार अनुदान दिने घोषणा गरिएको छ । उन्नत जातका पशु खरिदका लागि इच्छुक किसानले यही भदौ १५ गतेभित्र प्रस्ताव पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुने किसानलाई आवश्यक कागजातसहित गाउँपालिका कार्यालयमा निवेदन सूचित गरिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  १ : २१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।