बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन « Khabarhub

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन


३ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी सेक्युरिटिज प्रालिलाई धितोपत्र कारोबार गर्नबाट निलम्बन गरेको छ । 

शेयर कारोबारको राफसाफ तथा फछ्र्यौट कार्य तोकिएको समयभित्र नगरेको पाइएपछि नेप्सेले उक्त ब्रोकर कम्पनीलाई कारबाही स्वरूप निलम्बन गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले मिति २०८३/०५/०३ मा नेप्सेलाई पत्र लेख्दै बेनी सेक्युरिटिजले राफसाफको काम पुरा नगरेकाले निलम्बन गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१) (छ) को व्यवस्था बमोजिम ३ (तीन) कार्य दिनका लागि कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

नेप्सेले यस निर्णयको जानकारी नेपाल धितोपत्र बोर्ड (सेबोन), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र सम्बन्धित अन्य शाखाहरूलाई समेत गराएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ३ : २३ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण