कर्णाली याक्सलाई ‘एभर राइज’को साथ « Khabarhub

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका लागि एभर राइज स्पोर्टस प्रालि एपरेल पार्टनर (आधिकारिक पोसाक)का रूपमा आबद्ध भएको छ ।

एभरराइज स्पोट्र्स कर्णाली याक्सका खेलाडी तथा पदाधिकारीका लागि आवश्यक जर्सी, खेल पोसाक तथा अन्य आधिकारिक पोसाक उपलब्ध गराउने उद्देश्यले एभर राइज स्पोट्र्स कर्णाली याक्ससँग साझेदारीमा जोडिएको हो ।

नेपाल प्रिमियर लिग (एनपिएल) ‘सिजन’ तीनका लागि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एभर राइज स्पोर्टस प्रालिका निर्देशक शेख मोहम्मद सभमनले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै कर्णालीले तेस्रो सिजनको एनपिएलमा एभर राइजको पोसाक लगाउनेछ । गत संस्करण पनि एभर राइज नै कर्णालीको एपरेल पार्टनर रहेको थियो । एभर राइज भारतीय स्पोर्टस वेयर कम्पनी हो । यो सम्झौतापछि कर्णाली याक्सका निर्देशक मल्लले लगातार दोस्रो वर्षको सहकार्यका लागि एभर राइजलाई धन्यवाद दिनुभयो । एभर राइजका निर्देशक सभमनले लगातार दोस्रो वर्ष कर्णाली याक्ससँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे ।

सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले मिनी अक्सनबाट १३ खेलाडी टोलीमा अनुबन्धित गरिसकेको छ । एनपिएल आगामी अक्टोबर २६ तारिखदेखि सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ९ : ३० बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल