राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै « Khabarhub

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै


५ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५ अर्ब रुपैयाँ बराबरको ६ महिने निक्षेप संकलन गर्नका लागि बोलकबोल आह्वान गरेको छ ।

बैंकले १७५ दिनको अवधिका लागि यो निक्षेप संकलन उपकरण निष्कासन गर्न लागेको हो । यसका लागि आजै दिउँसो ३ बजेसम्म बोलकबोल खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको सूचना अनुसार यो बोलकबोल प्रक्रिया पूर्ण रूपमा अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत मात्र सञ्चालन गरिनेछ । यस उपकरणको निष्कासन पनि आजै अर्थात् २०८३ भदौ ५ गते नै गरिनेछ भने यसको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ ।

यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ुकु, ुखु र ुगु वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बोलकबोलमा सहभागी हुन चाहने योग्य संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (८५ अर्ब रुपैयाँ) सम्म बोलकबोल गर्न सक्नेछन् ।

सूचनाअनुसार बोलकबोलमा सहभागी हुने संस्थाहरूले निक्षेपबापत जम्मा गर्न चाहेको रकम र आफूले प्रस्ताव गरेको ब्याजदर (दशमलव पछाडिको हकमा चार अंकसम्म) स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलकर्तालाई पहिलो प्राथमिकता दिइनेछ र सोही क्रममा रकम क्रमशः बाँडफाँड गरिनेछ। यदि समान ब्याजदर प्रस्ताव गरिएका बोलपत्रहरूको कुल रकम निष्कासन गर्न लागिएको सीमाभन्दा बढी भएमा प्रो-राटा बेसिसमा बाँडफाँड गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ । 

यसका साथै, आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकार वा अस्वीकार गर्ने पूर्ण अधिकार राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभाग वा खुला बजार कारोबार संचालन समितिलाई रहने जनाइएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ११ : ०७ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को